Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, ८ फागुन २०७९ । भद्रपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

आज साँझ ५:२० बजे अस्थायी प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६प ६२ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा चालक कुँवर र पछाडि सवार श्रेष्ठले उक्त मोटरसाइकलको बायाँ साइडको इन्डिकेटरभित्र लुकाइराखेको ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र रिजालले बताए ।

तपाईको प्रतिक्रिया