Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

जेबि खड्का
गौरादह, ५ फागुन २०७९ । जनता मा.वि. गौरादहमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुबाट निर्मित विज्ञान प्रविधि सामग्री प्रदर्शनी गरिएको छ। विद्यालयले विज्ञान प्रविधि प्रदर्शनी तथा सम्मान कार्यक्रमको आयोजन गरि एक कर्मचारी सहित ४ जना शिक्षकलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा विद्यालयका सहायक प्रधानाध्यापक भानु प्रसाद ढुङ्गाना, शिक्षकहरु असित तामाङ, भोला कुमार राउत, जीवन पुरी र कर्मचारी चन्द्र घिमिरे रहेका छन। गौरादह नगरपालिकाका तर्फबाट झापा जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जनता मा.बि. गौरादहका विद्यार्थी अनिस न्यौपानेलाई प्रशंसा पत्र सहित नगद ३ हजार प्रदान गरिएको थियो।

सोही अवसरमा विद्यालयमा कक्षा १०/११र१२ मा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका सामग्रीहरुको प्रदर्शनी गरिएको थियो। कक्षा ११र१२ मा ईन्जिनियरिङ तर्फ अध्ययन गरिरहेका विद्यार्थीहरुले तयार गरेका ईलेक्ट्रिक मोटरसाइकल, ड्रोन, अटोमेटिक ट्राफिक लाईट, १२ कक्षामा अध्ययनरत सचिन अधिकारीले तयार गरेको रोवो ध्रुवे, नेम डिसप्लेबोर्ड, एक्सेलेटर सिस्टम, वाइन्ड जेनेरेटर मोडल, हाईड्रोलिक ब्रिज, रेन डिटेक्टर, लिफ्ट, भ्याकुम क्लिनर, रकेट, होलोग्राम र लेजर होम सेक्युरिटी लगायतका सामग्रीहरु प्रदर्शन गरेका थिए। ड्रोन उडाएका थिए भने मोटर साइकल कुदाएका थिए। जनता मा.वि कक्षा १० मा कम्प्युटर ईन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरु बेदनिधी दंगाल, डिल्ली न्यौपाने, गौरब ढकाल, कुसल खनाल र आवेश ढकालले विद्यालयको सहयोगमा ६० हजारको लागतमा ड्रोन बनाएका थिए। कक्षा १२ मा ईन्जिनियरिङमा अध्ययनरत विद्यार्थी सागर सहनीले ८० हजारको लागतमा ६० किलो मिटर सम्म कुद्न सक्ने ईलेक्ट्रिक मोटर साईकल बनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले संथाल, साकेला र नेवारी नृत्य प्रदर्शन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का सामाजिक बिकास मन्त्री बुद्धि कुमार राज भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय र शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकार साथमा रहेको धारणा राखेका थिए। राष्ट्र निर्माण र भविष्यका कर्णधार सबल सक्षम नागरिक उत्पादन गर्ने विद्यालयहरुका समस्या समाधान गर्न प्रदेश सरकारको क्षमताले भ्याएसम्म सहयोग गर्ने धारणा राखेका थिए।

शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बि.क. ले माध्यमिक स्तरमा अध्ययनरत विद्यार्थीहरुले विज्ञान प्रविधिमा आधारित सामग्री निर्माण गर्न सफल भएकामा धन्यवाद व्यक्त गरेका थिए। विद्यालयका प्रधानाध्यापक हरी प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै विद्यालयका समस्याहरुको अवगत गराएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र प्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक झलिन्द्र सुवेदीले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया