Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, ३ फागुन २०७९ । झापामा लागूऔषध मुद्धामा वारेन्ट जारी भई फरार रहेका १ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१ का २९ वर्षिय सनत भन्ने नवराज राना मगर रहेका छन् ।

मगरलाई प्रहरी चौकी तिरिङ्खोलाबाट खटिएको प्रहरी टोलीले उनकै गाउँघरमा लुकिछिपि बसिरहेको अवस्थामा माघ २८ गते पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएकोमा आज उक्त सम्मानित अदालतको आदेशले पुर्पक्षको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो। पक्राउ परेका मगरलाई सम्मानित झापा जिल्ला अदालतको चलानी नम्बर ८७८० माघ २६ गते वारेन्ट पुर्जि जारी भई लागूऔषध मुद्दामा फरार रहेका थिए ।

 

तपाईको प्रतिक्रिया