Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

गौरादह, १ फागुन २०७९ । झापाको गौरीगञ्जबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का २४ वर्षिय बबि राजवंशी र गौरीगञ्ज गाउँपालिका-३ का १९ वर्षिय संन्जिब रौनियार रहेका छन् ।

सोमबार अन्दाजी ३ बजेको समयमा गौरीगञ्ज गाँउपालिका-३ स्थित बाट राजवंशीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध गाँजा २ प्याकेट अन्दाजी ७०० मिलिग्राम फेला परेकोले सोधपुछ गर्दा गौरीगञ्ज गाँउपालिका-३ का संन्जिब रौनियार संग खरिद गरि ल्याएको भनि खुलाएकोले उक्त स्थानमा प्रहरी टोली खटि घरमा खानतलासी गर्दा अन्दाजी १ के.जी ९२० ग्राम थप फेला परेकोले उक्त सामान र उनिहरु दुवैलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । उनिहरु दुवैलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया