काठमाडौं, २९ माघ २०७९ । एसिड हान्ने र योजना बनाउने दुवैलाई ७ वर्षको जेल सजाय भएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्ने र योजना बनाउने दुवैलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको हो।
योजनाकार मोहम्मद आलमलाई ७ वर्ष कैदसहित जरिवाना तोकिएको छ। यस्तै एसिड छ्याप्ने फैयाद अन्सारीलाई पनि ७ वर्ष कैदसहित जरिवाना तोकिएको छ ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उनीहरुलाई कैदसहित जरिवानाको फैसला सुनाएको हो ।
कार्कीमाथि ३१ साउन २०७७ मा काठमाडौंको सीतापाइलामा एसिड प्रहार भएको थियो ।