Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

दाङ, २८ माघ २०७९। लुम्बिनी प्रदेशकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ । माओवादी केन्द्रकी नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उहाँले राजीनामा दिएको बुझिएको छ। मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् ।

तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया