Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

झापा, २६ माघ २०७९ । झापाको गौरादह बाट चोरी मुद्धाको फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का बिजय भन्ने रोबिन राजवंशी रहेका छन् ।

झापा जिल्ला अदालतको २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्धामा फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आज (बिहिबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका फरार प्रतिबादीलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जनाइएको छ । राजवंशीलाई ६ महिना कैद र ५ हजार जरिवाना कैद सजाय तोकिएको छ ।

तपाईको प्रतिक्रिया