Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २४ माघ २०७९ । सामाजिक संजाल दुरुपयोग गरेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २० वर्षीया युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाउँपालिका घर भएर काठमाडौं बस्ने स्वस्तिका श्रेष्ठ उर्फ युनिसा छिन् ।

अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेसबुक आइडी बनाएर युनिसाले केटा साथी बनाएर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

विभिन्न बहाना बनाएर उनले आफ्नो बैंक खाता तथा वालेटहरुमा पैसा पठाउन लगाएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई थप अनुसन्धान र कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा पठाएको छ ।

तपाईको प्रतिक्रिया