Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २० माघ २०७९ । झापामा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ३ ख ८३११ नम्बरका चालक सुनसरी जिल्ला रामधुनी नगरपालिका-७ का ४५ वर्षीय मदन चौधरी र सोही ट्रकका सहचालक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक सहचालकको पहिचान भने खुलेको छैन ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया