Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

वीरगन्ज, १९ माघ २०७९ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविरोधी षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको हो ।

उहाँ भन्नुभयो, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’

सोही क्रममा उहाँले सडक संघर्षका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया