Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, १८ माघ २०७९ । झापा गाउँपालिका–३ स्थित कामाटोली बजारबाट ठगी गर्दै हिँडेको आरोपमा एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगंज शिकारी बस्तीका ४० वर्षीय कुदुम अन्सारी रहेको प्रहरीले जनाएको छ।

लुटेरा भएको आशङ्कामा स्थानीयहरुले अन्सारीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।कामाटोलीमा एक जनालाई बेहोस बनाएर ठगेर खाजा खाने क्रममा उनलाई सिसिटिभी क्यामेराको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीयको भनाई छ।

साँझ ५ बजे भएको घटनामा अन्सारीको साथबाट राम,लक्ष्मण र सीताको चित्र अंकित तामाको पैसा १ थान र बीआर ३७ ए ८४७३ नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका जिल्ला प्रहरी कार्यालय झापा पठाएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया