Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, १२ माघ २०७९। खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि बबरमहलबाट ढुंगेललाई पक्राउ गरिएको बताए । उनिमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया