गौरादह,१२ माघ । गौरादह नगरपालिका वडा नं – ८ को अरुणोदय आधारभूत विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ दमक स्विटसिटी संस्थाले विद्यालयमा अध्यानरत १ सय ५ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा स्विटर औपचारिक कार्यक्रम बीच वितरण गरेको हो।
सामुदायिक विद्यालयमा अध्यान गर्ने अधिकांस विद्यार्थीहरु गरिब तथा बिपन्न समुदायका रहेकाले कपडाका कारण विद्यार्थीहरु विद्यालय आउनबाट बन्चित हुन नदिन संस्थाले न्यानो कपडा बितरण गरेको संस्थाका गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि धिरज गुरुङले बताएका छन्। ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यानरत बिपन्न परिवारका छात्रछात्राहरुलाई संस्थाले आवश्यकता अनुसार पाठ्यसामग्री तथा कपडा बितरण गर्दै आएको संस्थाका गभर्नर गुरुङले बताए।
संस्थाका एरिया कोअडिनेटर तथा कार्यक्रम संयोजक बिस्वास बाबु कास्यबले संस्थाले केही महिना अगाडि यस विद्यालयका विद्यार्थीहरुलाई पाठ्यसामग्री बितरण गर्दा बिपन्न तथा आदिवासी, दलित र सिमान्तकृत समुदायका विद्यार्थीहरुको बाहुल्यता देखेर जाडोमा लगाउने न्यानो कपडा बितरण गरेको बताएका छन्।
संस्थाका गभर्नर र प्रथम लेडिज रेखा गुरुङलाई विद्यालयले दोसल्ला ओढाई सम्मान गरेको थियो। विद्यालयका तर्फबाट शिक्षक ईन्द्र बहादुर कटुवाल र पबित्रा बस्नेतले गुरुङ दोयलाई दोसल्ला ओढाएका थिए।
लायन्स क्लब अफ दमक स्विटसिटी अध्यक्ष हरि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन खेमनाथ सापकोटा, संस्थाकि प्रथम लेडिज रेखा गुरुङ र बिद्यालयका प्रधानाध्यापक झगेन्द्र बहादुर खड्काले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका प्रथम उपाध्यक्ष टीका सापकोटाले कार्यक्रमको संचालन गरेका थिए।