Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ११ माघ २०७९ । सरकारले सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गराउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सबै स्थानीय तहलाई सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गराउन निर्देशन दिएको बताउनु भयो ।

नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १० सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनसङ्ख्या ऐन २०७५ को दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुनेगरी टाँस गरिएका चुरोट, वबडी, गुट्का आदिका मूल्यसूचि उल्लिखित पोस्टर वा वालचार्ट टाँस हटाउने व्यवस्था गर्न र सोको अनुगमन गर्न मन्त्रालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन,२०८६ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई सजाय/जरिवाना हुने मन्त्रालय उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया