Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ७ माघ २०७९ । गौरादह नगरपालिका वडा नं.२ डाँडागाउँ निवासी दिपेन्द्र नेपालीले श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन। जनमन र साहुको जग्गा अधिया ठेक्का गरि जिबिको पार्जन गर्दै आएका नेपालीको आर्थिक अवस्था कमजोर रहेकाले थप उपचार गर्न समस्या भएपछि आर्थिक सहयोग जुटाउन सहयोग मागेको नेपालीले बताएका छन।

नेपालीको श्रीमती ३६ बर्षिया जानुका नेपालीलाई मुखको क्यान्सर भएपछि ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा अपरेसन गरिएको थियो।सुरुवाती समयमा जानुकाको देब्रे गालामा सानो घाउ निस्किएको थियो। गालामा घाउ जस्तो देखिएपछि चितवन लगेर उपचार गरिएको परिवारले जनएका छन।चितवन अस्पतालबाट उपचार गराएपछि केही समय सुधार भएपनि औषधि सकिएपछि घाउ बढेको परिवारले बताएका छन। बिराम निको बनाउन थप उपचारका लागि ललितपुर क्यान्सर अस्पताल लगेपछि क्यान्सर भएको र चाँडै अपरेसन गर्नुपर्ने डाक्टरले सल्लाह दिएका थिए। अपरेसन गर्ने खर्चको अभाव टार्न आफन्त सँग ऋण लिएको र थप उपचारका लागि आर्थिक स्रोत नभएको परिवारले जनाएका छन।महिनैपिच्छे अस्पताल जानुपर्ने र डाक्टरको सल्लाह अनुसार उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउन सबैसँग नेपालीले अनुरोध गरेका छन। डाँडागाउँमा एक कठ्ठा जग्गा र सानो घर भएका नेपालीका एक छोरा र २ छोरी छन।

तपाईको प्रतिक्रिया