Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, ६ माघ २०७९ । झापाको भद्रपुर एयरपोर्टबाट लागुऔषध ब्राउन सुगर सहित १ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार ६ः५५ बजेको समयमा भद्रपुर नगरपालिका-८ भद्रपुर एयरपोर्टमा बि.सु.गार्ड झापाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा २४ वर्षिय युकेन गुरुङलाई पक्राउ गरेको हो ।

लमजुङ बेशीसहर नगरपालिका-६ घर भई हाल काठमाण्डौं महानगरपालिका-५ बसपार्क मिलन टोलमा डेरा गरी बस्ने गुरुङलाई बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौं जान लागेको बेला प्रहरीले चेकजाँच गर्दा ट्राउजरको ईजार रहने प्वाल भित्र लुकाई राखेको अवस्थामा १२ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया