Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

मोरङ, ५ माघ २०७९ । मोरङको विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको छ ।

 

तपाईको प्रतिक्रिया