Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, ५ माघ २०७९ । झापामा करिब ८५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ । बुधबार र बिहिबार गरि भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको ८५ हजार मूल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको हो ।

बुधबार अन्दाजी ६ः१४ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ हनुमान मन्दिर छेउ स्थितबाट चेकजाँच गर्ने क्रममा अन्दाजी मूल्य २७ हजार बराबरको सटको रोल कपडा र कुर्था सुरुवालको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै, बिहिबार अन्दाजी ९ः१५ बजेको समयमा सोही टोलीले मेचिनगर नगरपालिका-६ मेचिपुल स्थितबाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूलय ८ हजार बराबरको २ बोरा सुर्ती बरामद गरेको छ भने, अन्दाजी १२ बजेको समयमा मेचिनगर नगरपालिका-६ तुर्केनि खेल मैदान स्थितबाट शंका लागि चेकजाँच गर्ने क्रममा अन्दाजी मूल्य ५० हजार बराबरको १३ थान ढाकाको कपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । थप आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया