Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, ३ माघ २०७९ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन रहेको अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताएका हुन् ।

‘सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य बीमाको जुन कार्यक्रम छ त्यो कहाँनिर किन प्रभावित बन्न सकेको छैन रु,? उनले भने, ‘पहिलो कार्यक्रममा सहभागी भइसकेका व्यक्तिको नवीकरण नगर्ने, घट्दै जाने जस्ता अनेकौं प्रकारको समस्या देखिएको छ । यसका कहाँनिर हडल छ । समस्या कहाँ हो त्यो विषयलाई पनि हामीले गम्भीरता साथ हेर्छौं र यसलाई अझै फराकिलो बनाएर जाने र सबै जनताले स्वास्थ्य सेवा पाउने कुराको सुनिश्चितता गर्ने हाम्रो अठोट यसैमा हुन्छ ।’

मंगलबार शपथग्रहणपछि गिरीले रामशाहपथस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । ‘सबै जनताको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि काम गर्नुपर्ने छ । त्यसका विद्यमान रहेका स्वास्थ्यका निकायहरुलाई स्रोत तथा साधनयुक्त बनाउनु पर्ने छ । प्रभावकारी स्वास्थ्य सेवा दिन अवस्थामा पुर्‍याउनु पर्ने छ,’ उनले भने ।

रासस

 

 

 

 

तपाईको प्रतिक्रिया