Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जेबि खड्का
गौरादह, २९ पुस २०७९ । गौरादह-३ स्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नि:शुल्क मुख तथा दन्त परिक्षण शिविर सम्पन्न भएको छ। संस्थाको सभाहलमा संचालन गरिएको शिविरमा यस क्षेत्रका ८० जनाले दन्त परिक्षण गराएका थिए। आमा डेण्टल केयर दमकको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा डा. सोयल खानको टोलीले मुख तथा दन्त परिक्षण गरेको थियो।

शिविरमा परिक्षण गर्न आउने बिमारीहरुमा दातमा किरा लागेका, पाइरिया, जिन्जीवाइटिज, र दातमा कस तथा फोहोर जमेका समस्या भएका बिरामी भेटिएका थिए। उपचार गराउन आएका १० जना बच्चाहरुको दातमा किरा लागेकाले दात निकालिएको र ७० जनालाई थप उपचारका लागि आमा डेण्टल केयरमा रिफर गरिएको डा। खानले बताएका छन। शिविरमा चेकजाँच गराएका सामान्य बिरामीहरुलाई औषधि निशुल्क बितरण गरिएको थियो। शिविरमा चेकजाँच गराएका दन्तका बिरामीलाई आमा डेण्टल केयरमा थप उपचार गराउदा ३० प्रतिशत छुट दिईने डेण्टल केयरका संचालक अर्जुन श्रेष्ठले जानकारी गराएका छन।

डेण्टल केयरले नमस्ते सहकारी संस्था सँग २ बर्ष निशुल्क दन्त शिविर संचालन गर्ने सम्झौता गरेको पनि संचालक श्रेष्ठले बताएका छन।नमस्ते सहकारीका सेयर सदस्यहरुले पारिवारिक राहत कोषमा रकम जम्मा गरेका बिरामीलाई शिविरबाट रिफर भएमा संस्थाले ५ हजार सम्म सहयोग गर्ने संस्थाका ब्यबस्थापक ददिराम घिमिरेले जानकारी गराएका छन। संस्थाको स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत यश बर्ष मुख तथा दन्त शिविर संचालन गरिएको संस्थाका अध्यक्ष निर्मल बाँस्तोलाले बताएका छन। संस्थाका अध्यक्ष बाँस्तोलाले शिविरको उद्घाटन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया