Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २७ पुस २०७९ । झापामा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सामानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भद्रपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ः३० बजेको समयमा भद्रपुर नगरपालिका-५ मेचिकिनार काँसघारी स्थितबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य ४० हजार बराबरको साडी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामानलाई आवश्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै,मंगलबार १०ः३५ बजेको समयमा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला मेचिनगर नगरपालिका-७ स्थित ईटाभट्टा चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य ३२ हजार बराबरको किराना सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अवैध सामग्रीलाई मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया