Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २७ पुस २०७९ । झापामा श्रीमानको लात्ति प्रहारबाट श्रीमतिको मृत्यु भएको छ । खाना नपकाएको निहुँमा श्रीमान बिश्वराज घिसिङले श्रीमति प्रमिला भुजेल घिसिङलाई लात्ति प्रहार गर्दा उनको मृत्यु भएको हो ।

भोजपुर अरुण गाउँपालिका-१ घर भई हाल अर्जुनधारा नगरपालिका-९ खरबन्दि स्थित डेरा गरी बस्ने अन्दाजी ३५ वर्षिय श्रीमान बिश्वराज घिसिङले अन्दाजी ३६ वर्षिया श्रीमति प्रमिला भुजेल घिसिङलाई खाना नपकाएको कारण झै-झगडा गरी लात्ति हान्दा पेटमा लागी सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । लात्ति हान्ने श्रीमान बिश्वराज घिसिङलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया