Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौ, २६ पुस २०७९ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् । सचेतक लेखकले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए ।

हस्ताक्षर गर्नेको सूचीमा पहिलो अर्जुननरसिंह केसी, दोस्रो रामहरि खतिवडा, तेस्रो दीपक गिरी, चौथो विश्वप्रकाश शर्मा र पाँचौ गगन थापा रहेका छन् । कार्यसम्पादन समितिमा महामन्त्रीहरू र अरु केही नेताले असहमति जनाएका थिए । ह्वीपमा भने सबैले सहमति जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया