Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

विराटनगर, २६ पुस २०७९ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सभामुखको उम्मेदवार बाबुराम गौतमलाई बनाएको छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश उप्रेतीका अनुसार प्रदेश १ को सभामुखको उम्मेदवार ओखलढुंगाबाट निर्वाचित सांसद गौतमलाई बनाउने निर्णय भएको छ ।

माओवादी केन्द्रमा नारायण बुर्जामगर र राजेन्द्र कार्की पनि सभामुखको आकाङ्क्षी थिए । तर माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलको बैठकले गौतमलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश १ मा पुस २८ गते सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबार दिउँसो ३ बजेदेखि ५ बजेदेखि पाँच बजेसम्म मनोनयनका लागि समय तोकेको छ । आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते निर्वाचन गर्ने कार्यसूची छ ।

सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति थियो । सहमति अनुसार माओवादी समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिने तयारी गरेका गौतम सर्वसम्मत सभामुख हुने सम्भावना छ । नेपाली कांग्रेसले प्रदेशमा सभामुखको उम्मेदवार नबनाउने सम्भावना छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, ‘हामी छलफलमा छौं, अहिले निर्णय भएको छैन ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया