Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २५ पुस । गौरादह जेसिजले बर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन गरेको छ। गौरादह जेसिजमा बर्ष २०२२ का पदाधिकारीहरुको कार्यकाल सम्पन्न भएपछि बर्ष २०२३ का लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ।

गौरादह जेसिजको २०२३ का लागि अध्यक्षमा जेसी प्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।युवा परिचालन र नेतृत्व बिकासका क्षेत्रमा काम गर्दै आएको जेसिजले प्रत्येक बर्ष वार्षिक साधारणसभा मार्फत नेतृत्व परिवर्तन गर्दै आएको छ।गौरादह जेसिजले ९ औं साधारणसभाबाट महिलाको नेतृत्वमा पदाधिकारी चयन गरेको थियो।

गौरादह जेसिजको ९ औं साधारणसभाबाट अध्यक्ष बनेकी बिनिता अधिकारी कटुवालको कार्यकाल सम्पन्न भएपछि १० औं साधारणसभाबाट अध्यक्षमा भट्टराई सर्वसम्मत चयन भएका हुन।गौरादह १ को सभाहलमा सम्पन्न साधारणसभाले जेसिजका अन्य पदाधिकारी तथा सदस्यहरु समेत सर्वसम्मत चयन गरिएको छ ।

नव गठित समितिको कार्यकारी उपाध्यक्षमा जेसी खड्ग बहादुर थापा र युवराज बाँस्तोला चयन भएका छन् ।उपाध्यक्षहरुमा जेसी इन्द्रा खनाल, जेसी विक्रम कुमार तिवारी, जेसी दुर्गा देवी चौहान, जेसी दिपेन्द्र खतिवडा रहेका छन्। जेसि डेनिस कडरियाले जनसम्पर्क अधिकारीको जिम्मेवारी पाएका छन।कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगर प्रवक्ता तथा वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले समाज रुपान्तरण र युवा परिचालनका क्षेत्रमा जेसिजले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

गौरादह जेसिजले हाल सम्म गर्दै आएका कामको उच्च मुल्यांकन गर्दै नगर प्रवक्ता भण्डारीले गौरादह क्षेत्रमा बढ्दै गएको लागु औषध, दुर्व्यश्यनी जस्ता अवाञ्छित कृयाकलाप नियन्त्रणमा जेसिजले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको धारणा राखेका थिए।गौरादह जेसिजको आफ्नो भवन नभएकाले भवनका लागि जग्गा ब्यबस्थापन भएमा नगरपालिकाले भवन निर्माणको लागी सहयोग गर्ने धारणा राखेका थिए। गौरादह जेसिज अध्यक्ष तथा कार्यक्रमकी सभापती जेसी विनिता अधिकारी कटुवालले आफ्नो कार्यकालमा भवन निर्माणका लागि जग्गा ब्यबस्थापनको प्रयास गरेको बताइन्।

आफ्नो कार्यकालमा गौरादह जेसिजलाई राष्ट्रिय स्तर सम्म परिचित गराउने कार्य गरेको बताउदै अब बन्ने नयाँ नेतृत्वले थप प्रभावकारी काम गरेर साख जोगाउनेमा आशावादी रहेको बताइन्।कार्यक्रममा सँस्थाका पुर्व अध्यक्षहरु कोमल ढुंगाना, राजु घिमिरे र एकराज घिमिरे, हरिस चन्द्र घिमिरे, क्रान्तिदिप काफ्ले, तारा कुमार श्रेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यकारी उपाध्यक्ष दुर्लभ कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव खड्ग थापाले गरेका थिए।

तपाईको प्रतिक्रिया