गौरादह, १६ पौष २०७९ । गौरादहको डिपुचौक देखि बजार सम्म सरसफाइ गरिनुको साथै फोहोर संकलनका लागि डस्बिन राखिएको छ। क्लब हिमालयन टाइगर गौरादहको आयोजनामा गौरादहको डिपुचौक आसपासका क्षेत्रका साथै बजार सम्म सरसफाइ गरि डस्बिन राखिएको छ। सरसफाइ अभियानमा गौरादह नगरपालिकाका स्थानीय बिभिन्न संघसंस्थाहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।
गौरादहमा गत मंसिर १७ गते स्थपना भएको संस्थाले पहिलो कार्यक्रम सरसफाइ तथा डस्बिन ब्यबस्थापन आयोजना गरेको हो। संस्थाले डिपु चौक आसपासका साथै बजार सम्म ३२ वटा स्टेन सहित पलास्टिकका डस्बिन राखेको छ।
बजार सरसफाइमा गौरादह क्षेत्रमा रहेका क्लब, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, ब्यापारी, समाजसेवी, बुद्धिजीवी, प्रहरी, ट्राफिक प्रहरी लगायतको उपस्थिति रहेको थियो। संकलन गरिएको फोहोर बस्तुलाई गौरादह नगरपालिकाको फोहोर ब्यबस्थापन गाडीमा राखि नगरको डम्पिङ साइडमा ब्यबस्थापन गरिएको थियो। क्लबका सदस्यहरुले डस्बिन सौजन्य गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी गौरादह नगरपालिकाकि कार्यवाहक नगर प्रमुख जलबर्षा राजवंशी कार्यक्रमको उद्घाटन गरेकी थिईन्।सरसफाइ तथा डस्बिन ब्यबस्थापन कार्यक्रममा क्लब हिमलयन टाइगर केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारी, केन्द्रीय बरिस्ठ उपाध्यक्ष जय प्रसाद बिमली, दमकका अध्यक्ष दिपक खड्का, कमलका अध्यक्ष केदार नाथ चापागाईं, गौरादह नगरपालिका वडा नं १, २, र ३ का वडाध्यक्षहरु नगेन्द्र भण्डारी, गोपाल प्रसाद कोईराला, दिलिप भण्डारी गौरादह बजार ब्यबस्थापन समिति अध्यक्ष जे.बि. कार्की, गौरादह खानेपानीका अध्यक्ष बाबुराम भण्डारी,गौरादह जेसिज अध्यक्ष बिनिता कटुवालको उपस्थिति रहेको थियो।
गौरादह क्लब हिमालयन टाईगरका अध्यक्ष सरिता कटुवाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालन सचिब विशाल धमलाले गरेका थिए।