Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक शहरी क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ९ बैगुनधुराका जग्गाको वर्गीकरण यस्तो छ :

वडा नं. ९

  • व्यावसायिक (शहरी)क्षेत्रः-
  • बैगुनधुरा बजार वरीपरी ८०० मिटर बजार क्षेत्र ।

आवास क्षेत्रः-

  • जुरोपानी – महाभारा सडकको दायाँबायाँ २०० मिटर आवास क्षेत्र ।
  • गौरादह–कोरोवारी सडको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
  • झमक चोक आसपास ३००मीटर सम्म आवास क्षेत्र ।
  • बैगुनधुरा रिङ्ग रोडको दायाँ वायाँ १५० मीटर आवास क्षेत्र
  • ढकाल चोक हुदै ठाकुरमारी – तोपगाछी सडकको दायाँबायाँ २०० मिटर आवास क्षेत्र ।
  • मिलन चोकबाट दुधे जाने सडकको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
  • हुलाकी सडक दायाँवायाँ २०० मिटर आवास क्षेत्र ।
  • मिलन चोक उत्तर निलकण्ठको घर जोड्ने सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
  • अमर विष्ट कामत र शेर बहादुर थापाको घर जोडने सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र।
  • अन्य सडकको हकमा दायाँ बायाँ १०० मिटर आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि,  औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भूउपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया