Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक शहरी क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ७ का जग्गाको वर्गीकरण यस्तो छ :

वडा नं. ७

व्यावसायिक (शहरी) क्षेत्र

  • ग्वालडुवा चोकको वरिपरि पूर्व पश्चिम उत्तर दक्षिण ८०० मीटरको क्षेत्र ( बजार क्षेत्र) दुधाली बजार औद्योगिक ग्राम पार्क क्षेत्रमा उद्योगलाई असर नपर्ने गरी ३०० बजार विस्तार गर्नुपर्ने ।
  • फकिरढिप बजारको वरिपरिको ३०० मिटर बजार क्षेत्र ।

आवास क्षेत्र

  • त्रिवेणी टोल (कोहवरा, महाभारा) सडकको दायाँ वायाँ २०० मिटर आवास क्षेत्र ।
  • गौरीगञ्ज – पाडाजुँगी सडकको दायाँ वायाँ बजार क्षेत्र बाहेक ४०० मिटर आवास क्षेत्र ।
  • वडा नं. ४ डोरामारी – ईन्दीरा चोकहुदै वडा नं. ६ को सिमाना सम्मका बस्ती को दायाँ वायाँ १०० मिटर  आवास क्षेत्र ।
  • गौरादहबाट ठकठके हुदै सूर्योदय – हुलाकी राजमार्गमा जोडिने सडक दायाँवायाँ २०० मिटर आवास क्षेत्र।
  • अन्य सडको हकमा १०० मिटर आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि,  औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भूउपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया