Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

गौरादह, १६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक शहरी क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ६ का जग्गाको वर्गीकरण यस्तो छ :

वडा नं. ६.
(१) व्यावसायिक (शहरी) क्षेत्र
– वडा कार्यालय (कोहवरा बजार) वरिपरिको २०० मिटर बजार बजार क्षेत्र ।
– दामुना बजार वरिपरिको ३०० मिटर बजार क्षेत्र र बसपार्क बनाउने ।
(२) आवास क्षेत्र
– १८ मिटर सडक ९भानु मार्ग० दामुना बजारको उत्तर पट्टि ५० मिटर र अन्य भागमा २०० मिटर आवस क्षेत्र रहने ।
– ग्वालढुवा – कोहवरा सडक खण्डको उत्तर दक्षिण २०० मिटर आवास क्षेत्र ।
– भक्तिमार्ग – वडा नं. ४ देखि भानुमार्ग जोडिने बाटोमा २०० /२०० मिटर आवास क्षेत्र ।
– भद्रकाली मा.वि. बाट कोहवरा जोड्ने सडक २०० मिटर क्षेत्रलाई आवास क्षेत्र।
– आरती मार्गको पूर्व–पश्चिमको २०० मिटर क्षेत्र – आवास क्षेत्र ।
– जनतास्कुल मार्गको दायाँ वायाँ ५० मिटर आवास क्षेत्र ।
– सुकुना मन्दिर मार्गको दायाँ वायाँ ५० मिटर आवास क्षेत्र ।
– तेलियाडागी मार्गको दायाँ वायाँ १०० मिटर आवास क्षेत्र ।
– लक्ष्मी मार्गको – दायाँबायाँ २०० मिटर आवस क्षेत्र ।
– घोपाली मार्गको दायाँवायाँ १०० मिटर आवस क्षेत्र ।
– हेगांटोली मार्गको पूर्व – पश्चिम दायाँ वायाँ १०० मिटर आवास क्षेत्र ।
– तुलसी पौडेल को गर पश्चिम हुदै टङ्गुवा जोड्ने सडकको दायाँ वायाँ ५० मिटर आवास क्षेत्र।
– दामुना – तिनचुले – जनज्योती- फकिडिपसडको दायाँ वायाँ २०० मीटर आवास क्षेत्र ।
– अन्य सबै सडकको दायाँवायाँ ५० मिटर आवस क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि, औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू–उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया