Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

गौरादह, ७ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक शहरी क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ५ का जग्गाको वर्गीकरण यस्तो छ
वडा नं. ५
(१) व्यावसायिक (शहरी) क्षेत्र
–  स्कुलचौन वरिपरि १ कि.मि.बजार क्षेत्र ।
–  चप्रमारी वरिपरि ५०० मिटर बजार क्षेत्र ।
–  बालुवाथान शनिश्चरे आसपास ५०० मिटर बजार क्षेत्र ।
(२) आवास क्षेत्र
–  सीतापुरी – रंगपुर – चप्रामारी सडकको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
–  डिम्वाउठा सडकको ( गौरादह –डिपु– डिम्वाउठा सडक) आसपास २०० मिटर आवास क्षेत्र।
–  रिङ्गरोडको उपयुक्त ठाउँ आसपास २०० मिटर आवास क्षेत्र ।
–  रतुवा पुल, पुरानो बालुवाथान, देवीमार्ग आसपास २०० मिटर आवास क्षेत्र ।
–  पिपल चोक – मनकामना – श्री जङ्गा चोक आसपासका २०० मिटर आवास क्षेत्र ।
–  अध्येत चोकबाट कार्कीचोक हुँदै आरावाल चोक कटकपुर सम्म २०० मिटर आवास क्षेत्र ।
–  सुनगाभा – जगत पाण्डे हुँदै कमल जोड्ने (सुनगाभा मार्ग) दायाँवायाँ २०० मिटर आवास क्षेत्र ।
–  शान्तिचोक – मियाँटोली सडकको दायाँवायाँ २०० मिटर आवास क्षेत्र ।
–  शंकरपुर – खान्ता सडकको दायाँवायाँ २०० मिटर आवास क्षेत्र ।
–  सीताचोक – स्कुलचौन सडकको दायाँवायाँ २०० मिटर आवास क्षेत्र ।
–  १२ घरे – झर्का बालुवाथान चप्रामारी सडक दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
–  दैताचोकबाट पूर्व उत्तरको सडकको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
–  चप्रामारीबाट पश्चिमको सडकको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
–  तिवारी चोक देखि पश्चिम जाने सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  राजपती चोक देखी पश्चिम चान्दु खयरबारी सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  रिमाल चोक बाट उत्तर चौधरी गाँउ हुदै शान्ती चोक सम्म सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  चापागाईको घर दक्षिण गोमा सुवेदीको घर हुदै शान्ती चोक सम्म सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र।
–  बस्नेत चोक पूर्वको बाटो दाँयावाँया ५० मिटर आवास क्षेत्र ।
–  चान्दु आर्यघाटबाट उत्तर खानेपानी सम्म (चान्दु सिमसार) सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र।
–  मकालु–चान्दु सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  विजय चोक, सिंघिया टोली खानेपानी ट्याङ्की सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र
–  अम्बिका रिजाल चोक पूर्व चान्दु सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  रमेश रिजालको घर(नववसन्त चोक) पूर्व पश्चिम दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  मदन अधिकारीको घर पूर्व (हाउडे चोक) १०० मिटर आवास क्षेत्र ।
–  नरेद्र नेम्वाङ देखि ढकाल डाडा (किरात मार्ग) दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  स्वास्थ्य चोकी जाने सडक दाँयावाँया ५० मिटर आवास क्षेत्र ।
–  प्रहरी चौकी जाने बाटो दाँयावाँया १०० मिटर आवास क्षेत्र ।
–  सावित्री चोकदेखि पश्चिम ५००मीटर सम्म आवास क्षेत्र ।
–  लक्ष्मी विष्टको घर पश्चिम उत्तरको बाटो आसपास ५० मिटर आवास क्षेत्र ।
–  अन्य सडक दाँयावाँया १०० मिटर आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि, औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू–उपयोग योजनालाई अन्तिम रुप प्रदान गर्ने निर्णय भएको नगरपालिका स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया