Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

स्याङ्जा, ६ पुस २०७९ । स्याङ्जाको फेदिखोला गाउँपालिका-४ सर्केटारीस्थित निर्माणाधिन अस्पतालबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भएका ४८ वर्षीय लालबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

लडेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुमाल अस्पतालको निर्माणाधिन भवनमा काम गर्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया