Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ६ पुस २०७९ । सर्लाहीमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–९ को पिडारीटोलका ५० वर्षीय राजेन्द्र चौधरी र वडा नम्बर ६ को लक्ष्मीपुरका ८० वर्षीय राम भगत माझीको केही दिनअघि नै मृत्यु भएको हो । चिसोका कारण राजेन्द्रको पुस ३ गते नै मृत्यु भएको तर स्थानीयले मंगलबार मात्रै खबर गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

मृतकको सामाजिक परम्परा अनुसार अन्तिम संस्कार गरिसकेपछि मात्रै घटनाको बारेमा जानकारी आएको प्रहरीले बताएको छ । त्यसै गरी राम भगतको पनि गत मंसिर २२ गते चिसोकै कारण मृत्यु भएको स्थानीयले बताएका छन् । राम भगतको पनि मृत्यु भएकै दिन सामाजिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो । स्थानीयले मंगलबार दिउँसो मात्र प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका थिए ।

सोही घटनाका विषयमा प्रहरीले खोजी गर्दा दुवै जनाको चिसोकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया