Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

दमक, ६ पुस २०७९ । झापाको दमकमा बुधबार इसाई धर्मावलम्बीहरु येशु ख्रीष्टको शुभजन्मोत्सवको अवसरमा बडादिन अर्थात ख्रीष्टमस डे मनाएका छन् । येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम अघि दमकमा वृहत शान्ति –याली निकालिएको थियो ।

शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख माननीय पशुराम खापुङले सवै जातजाती, धर्म र संस्कृतिको उचित संरक्षण, प्रवर्दन र विकासमा नेपाल सरकारले नीति, बजेट र कार्यक्रम बनाएको बताउनुभयो । खापुङले सवै जातजाती, धर्म, संस्कृतिको मूल्य–मान्यता र अस्तित्वलाई आत्मासाथ र अवलम्बन गरी आपसमा प्रेम, सदभाव र मान–सम्मानलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमु्ख अतिथि समेत रहनुभएको प्रदेश प्रमुख खापुङले नेपाली समाजमा अनेकौ जातजाती, भाषाभाषी र धर्म संस्कृति मान्नेहरुको साझा देश भएको बताउनुभयो ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा ख्रीष्टमस डेको शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको थियो । कार्यक्रमका संयोजक समेत रहनुभएका दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा इसाई समाज प्रदेश १ का सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा ९१ बर्षिया बिष्णुमाया बस्नेत र ९३ बर्षिय प्रेम लामालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । इसाई समाजले बर्षेनी येशु ख्रीष्टमस डेको अवसर पारेर दमकका जेष्ठ नागरिकलाई सम्मान गर्दै आइरहेको छ ।

सो अवसरमा बि।आई।सी चर्च बिराटनगरका रेभ डाक्टर शेमलाल हेमब्रोङले येशु ख्रीष्टको शुभ जन्मोत्सव मनाइनुका बारेमा र इसाई धर्मको बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख बक्ताको रुपमा बोल्नुहुदै डाकटर शेमलाल हेमब्रोङले इसाई धर्मावलम्बीहरुले ख्रीष्टमस डे भब्य ढंङ्गमा एक महिनासम्म मनाउदै आइरहेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटनको अवसरमा रेभ एन।डी थुलुङ राईले प्रार्थना गर्नुभएको थियो । सार्थै, दमकका बिभिन्न मण्डली र चर्चका कलाकारहरुले मनोरञ्जनात्मक गीत र नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि, दमकको आकाशे पुलबाट सुरु भएको वृहत शान्ति –यालीे गणतन्त्र चौक–डाँफे–मुनालहुदै पूर्व पशुहाटबाट उत्तर फाल्गुनन्द चौकहुदै पश्चिम भानु चौकबाट लाईफ लाईन अस्पताल–बेलडाँगी रोड–गोर्खा डिपार्टमेन्टको खुल्ला प्राङ्गणमा आएर विर्सजन भएको थियो ।

–यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दमक नगरपालिकाका वार्ड नं ७ का अध्यक्ष तथा दमक नगरका कार्यवहाक प्रमुख भीम बहादुर पौडेल, अन्तर धार्मीक महासञ्जालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, मोरङको जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन हेमब्रोङ, दमक रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा, जेष्ठ नागरिक प्रष्ठिानका अध्यक्ष सिताराम खतिवडा लगायतका अतिथिहरुको उपस्थिति थियो ।

शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको सञ्चालन पाष्टर कुमार तामाङले गर्नुभएको थियो भने मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन दमक नगर इसाई युवा संगठनका अध्यक्ष सुरज लिम्बूले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया