Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक शहरी क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ४ का जग्गाको वर्गीकरण यस्तो छ
वडा नं. ४
(१) व्यावसायिक ( शहरी ) क्षेत्र
–  डोरामारी बजारको वरिपरि २०० मिटर बजार क्षेत्र ।
–  मिलन चोक आसपासको ३०० मिटर बजार क्षेत्र ।
–  जोरघरे चोक बजार उन्मुख ठाउँ भएको ले १०० मिटर वरिपरि बजार क्षेत्र ।
(२) आवास क्षेत्र
–  गौरादह स्कुलचौन जोड्ने डिपु सडक (भानु मार्ग) आसपास २०० मिटर क्षेत्र आवास ।
–  रंगपुर– मिलनचोक – मझुवा – फकीरढिप –खजुरगाछी – फतेपुर सडकको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
–  रंगपुर– खांटा – जोरघरे हुँदै बनियाँ टोली फत्तेपुर सडक खण्डको २०० मिटर दायाँ बायाँ आवास क्षेत्र ।
–  स्कुलचौन पूर्व दक्षिण डोरामारी बजार बनियाटोली – खजुरागाछी – फतेपुर सडकको २०० मिटर दायाँ बायाँ आवास क्षेत्र ।
–  स्कुलचौन– धरधरे– ज्ञान बहादुर चोक दामुना – चिलारा सडक खण्डको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र।
–  शिव मन्दिर, डिल्ली बाँघ –दामुना चिलारा सडक खण्डको दायाँ बायाँ १०० मिटर आवस क्षेत्र।
–  कार्की चोक हुँदै चप्रामारी दामुना सडक खण्डको २०० मिटर दायाँवायाँ आवास क्षेत्र ।
–  गुराँस चोक, धरधरे, चप्रामारी सडक दायाँबायाँ २०० मिटर आवास क्षेत्र ।
–  राजपती चोक पूर्व चिउरा मिल हुँदै ठाकुर डाँडा सडक खण्डको २०० मिटर दायाँ बायाँ आवास क्षेत्र।
–  डोरामारी बजार पश्चिम मनकामना चोक सम्मको दायाँवायाँ १०० मिटर आवास क्षेत्र ।
–  मझुवा–डोकेचोक–लाखेमार्ग सडक को दायाँ बायाँ १०० मिटर आवास क्षेत्र ।
–  गेउरीया कृषि, सुधार सडकको दायाँ बायाँ १०० मिटर आवास क्षेत्र ।
–  अन्य सडकको हकमा १०० मिटर दायाँबायाँ आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि, औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू–उपयोग योजनालाई अन्तिम रुप प्रदान गर्ने निर्णय भएको वडाध्यक्ष दर्गामणी बस्नेतले बताए।

तपाईको प्रतिक्रिया