Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, ६ पुस २०७९ । झापाको गौरादह फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको चौथो चुनावी साधारण सभा सम्पन्न भएको छ ।

बुधबार (आज) गौरादह-३ को अतिथि सदनको सभा हलमा सम्पन्न साधारण सभामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । चौथो चुनावी साधारण सभाले गौरादह नगरपालिका-४ का कृष्ण शर्माको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले कृष्ण शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा गौरादह नगरपालिका-१ का सुरज शर्मा, सचिवमा गौरादह-७ का लक्ष्मी प्रसाईं, कोषाध्यक्षमा गौरादह-२ का कृष्ण ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरुमा गौरादह-६ का भक्त बहादुर ताजपुरिया, गौरादह-२ कि इन्दिरा कार्की, गौरादह-७ का सुरज शाह, गौरादह-१ का कृष्ण बास्तोला, गौरादह-४ का अभिमन्यु राजवंशी चयन भएका छन् ।

संघको सल्लाहकार समितिको सल्लाहकार संयोजकमा प्रकाश बास्कोटा, सदस्यहरुमा सन्त कुमार शाह, जितराम गिरी, राम बहादुर ल्वागुन र रतन शाह चयन भएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

त्यस अवसरमा चौथो वार्षिक साधारण सभाको सञ्चालक समितिका अध्यक्ष तथा कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका झापा अध्यक्ष चन्द्र प्रसाद गिरीले फर्निचर व्यवसायीहरुले गरेका सामाजिक कार्यहरुको विषयमा प्रशंसा गर्नुभएको थियो । अध्यक्ष गिरीले समस्या भएका बेला मात्र संघलाई सम्झिने कार्य नगरेर व्यवसाय भित्रका समस्यालाई अरु बेला पनि सहज रुपमा जानकारी गराउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, दमक फर्निचर व्यवसायी संघका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघको चौथो वार्षिक साधारण सभामा सहभागी बनेका अधिकांश व्यवसायिहरुले झन्झटिलो कानूनका कारण फर्निचर व्यवसायीहरुले अझै पनि सहज रुपमा व्यवसाय गर्न नपाएको भन्दै कानूनी जटिलता हटाउँदै स्वच्छ व्यवसाय गर्ने वातावरण सृजना गरिनु पर्ने उनीहरुले माग गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया