Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ४ पुस २०७९ । झापामा सडेगलेको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ । मेचिनगर नगरपालिका-१३ को चारआली जंगल स्थित असारी घारीमा सोमबार(आज)दिउँसो २ः४० बजेको समयमा उनिहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

मृतकहरु अर्जुनधारा नगरपालिका-११ का ५२ वर्षिय नेत्र कुमार ईङनम र ४२ वर्षिया सन्जु लिम्बु रहेको मृतकको दाई खगेन्द्र ईङनम लिम्बु सोही नगरपालिका का वडा अध्यक्ष मार्फत पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक दुवै जना यहि मंसिर २१ गतेदेखि परिवारको सम्पर्कमा नरहेको र उनिहरु घरमा नबसी बाहिर काम गर्दै हिड्ने भन्ने बुझिएको छ । मृतक दुवैको लास सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि धरान घोपा पठाइएको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया