Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, ३ पुस २०७९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिएको जानकारी गराएको छ ।

नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आउँदो १० गते आइतवार साझ ५ बजेभित्र दाबी पेस गर्न भनिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि एक सय ३८ सांसदको आवश्यकता पर्छ ।

 

तपाईको प्रतिक्रिया