Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

जेबि खड्का
गौरादह, २ पुस २०७९ । गौरादह-५ जत्रुचौन स्थित राधाकृष्ण मन्दिरको अध्यक्षमा पुन अम्बर बहादुर खड्का सर्वसम्मत चयन भएका छन। मन्दिरको ९औं बार्षिक साधारणसभाबाट खड्काको अध्यक्ष्यतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएका छन।

नव गठित समितिको उपाध्यक्षमा तुलशा दाहाल, सचिबमा देबेन्द्र खतिवडा , सह-सचिबमा रमेश खड्का, कोषाध्यक्षमा गंगा दाहाल , सह- कोषाध्यक्षमा गोमा कार्की रहेका छन । सदस्यहरुमा डम्बर कुमारी बस्नेत, डिल्ली माया मिश्र ढकाल, पुन्यमाता भट्टराई , लक्ष्मी देबि निरौला र भिम बहादुर निरौला रहेका छन। साधारणसभाले ओम बहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति र कुमार कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन भएका छन।

राधाकृष्ण मन्दिर सेवा समितिले मन्दिरको आफ्नै सभाहलमा साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको सभापतित्व समेत गरेका मन्दिरका अध्यक्ष अम्बर बहादुर खड्काको अनुमतीमा सचिब देबेन्द्र खतिवडाले मन्दिरको बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

मन्दिर निर्माणका लागि स्थानीय मान बहादुर कार्कीले १० धुर ,अम्बर बहादुर खड्काले ३।५ धुर, लोक नाथ निरौलाले ३।५ धुर र कुमार कार्कीले २ धुर जग्गा निशुल्क प्रदान गरेका थिए। मन्दिर ब्यबस्थापन समितिले १ कठ्ठा जग्गा खरिद गरेको थियो। मन्दिरको २ कठ्ठा १५ धुर जग्गा अन्य ठाउँमा रहेको अध्यक्ष खड्काले बताए । २०७२ सालमा मन्दिर स्थापना गरिएपनि आर्थिक अभावका कारण हालसम्म पनि मन्दिर भवन निर्माण कार्य पुराहुन नसकेको मन्दिर समितिका उपाध्यक्ष ओम बहादुर खड्काले बताए । वडा नं.५ को वडा कार्यलयबाट बिनियोजित ५ लाखको लगानीमा मन्दिर भवन निर्माण कार्य सुरु गरिएको समितिका उपाध्यक्ष डिल्ली माया बिष्टले जानकारी गराइन। निर्माणाधीन मन्दिर भवन र ट्वाईलेट बाथरुम यश आर्थिक बर्षमा नगरपालिका, वडाकार्यलय, सांसद तथा अन्य संघ संस्थाको सहयोगमा पूरा गरिने अध्यक्ष खड्काले बताएका छन। कार्यक्रमका लागि आवश्यक सामग्रीहरु मन्दिर समितिले ब्यबस्थापन गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.५ का वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य कपिलमणी काफ्लेले साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रममा राष्ट्रिय हिन्दु एकता मन्च नेपालका झापा जिल्ला अध्यक्ष युवराज पौडेल, नेपाल महिला ससक्तिकरण संस्था सचिब नवनिता पोमु, स्थानीय तुलशा दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए। उपाध्यक्ष ओम बहादुर खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रममा रमेश खड्काले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया