Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाण्डौ, २८ मंसिर २०७९ । नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा खेल्ने र सट्टेबाजी नगर्न सूचित गरेको छ ।

राष्ट्र बैंकले सूचना निकालेर जुवा खेल्ने र सट्टेबाजी गर्ने काम गैरकानुनी भएको बताउँदै यस्ता कार्यमा संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह, संस्थालाई कानुनी कारबाही हुने जनाएको छ । साथै यस्ता कार्यमा संलग्न हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार रोक्का हुने राष्ट्र बै‌कले चेतावनी दिएको छ ।

अहिले विश्व कप फुटबल चलिरहेकाले कतिपयले विद्युतीय भुक्तानीका माध्यमबाट बाजी राख्ने गरेको पाइएपछि राष्ट्र बैंकले सूचित गराएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया