Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २८ मंसिर २०७९ । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा महासङ्घका ४८ वटा सदस्य सङ्गठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी रहेका छन् ।

महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३ (हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी), महासचिव १ र कोषाध्यक्ष १ निर्वाचित गर्नेछ । त्यसैगरी, अनुसन्धान तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा सङ्गठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन् ।

 

तपाईको प्रतिक्रिया