Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

झापा, ९ मंसिर २०७९ । २०७४ सालको आम निर्वाचनमा माओवादी केन्द्रले झापामा एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसभन्दा अघिका निर्वाचनहरूमा पनि माओवादीले जिल्लामा आफ्नो प्रतिनिधित्व जनाउँदै आएका थिए । तर, २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका पाँचै उम्मेदवार पराजित भएका छन् । माओवादीका एउटा पनि उम्मेदवारले जित हासिल गर्न नसकेपछि जिल्लामा माओवादीको नेतृत्व सङ्कटमा परेका छन् ।

सत्ता गठबन्धनको साझेदारीमा भागबन्डा मिलेपछि झापामा माओवादी केन्द्रबाट एक जना प्रतिनिधिसभा र चार जना प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । एमाले परित्याग गरी माओवादीको चुनाव चिन्हबाट उठेका हरिकुमार राणा मगर झापा २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका थिए ।

माओवादी नेतृ धर्मशिला चापागाईँले स्थान छाडेपछि राणाले ठाउँ पाएका थिए । झापा १ ९२० मा माओवादीका श्यामवीर लिम्बु, झापा ३ ९२० मा पूर्णसिंह राजवंशी, झापा ४ (१) झलकबहादुर मगर र झापा ५ (२) रेवतराज पुरी (गगन) प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए ।

झापा २ मा राणा तेस्रो भएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका छन् । घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४४१ मत ल्याएका थिए । राणाले १३ हजार ९२४ मत ल्याए ।

झापा १ ९२० श्यामवीर लिम्बुलाई राप्रपाकी सनबिना बजगाईँले पराजित गरेका छन् । बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा लिम्बुले १२ हजार २२५ मत ल्याए ।

झापा ३ (२)मा राजवंशीले हराउँदै एमालेका छविलाल चुँडाल भारी मतान्तरले विजयी भएका छन् । चुँडालले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा राजवंशी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै झापा ४ (१) प्रदेश १ का पूर्व कृषि मन्त्री झलकबहादुर मगर दर्लामीलाई एमालेका राधाकृष्ण खनालले पराजित गरेका छन् । खनालले १३ हजार ९५१ मत ल्याएकोमा दर्लामीले १२ हजार ३७१ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा दर्लामी त्यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

झापा ५ (२) मा पुरी एमालेका होमबहादुर थापासँग पराजित भएका छन् । थापाले २४ हजार ९२० मत ल्याएकोमा पुरीले १७ हजार ३१५ मत पाएका छन् । पुरी २०७४ सालको स्थानीय तह निर्वाचन दमकमा पराजित भएका थिए । आफ्नै पार्टीको असहयोग र साझेदारी दलले समर्थन नगर्दा पराजयको स्थिति आएको माओवादीका एक जिल्ला नेताले बताए ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादीले जिल्लामा निराशाजनक परिणाम ल्याएको थियो । २०७४ सालको आम निर्वाचनमा राप्रपासँग बाम गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका माओवादीका सुरेन्द्रकुमार कार्कीले झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया
--> -->