झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं. २(१) मा नेकपा एमालेका एकराज कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक घोषणा गर्न चाँही बाँकी छ । कार्कीले दोस्रो पटक प्रदेशसभा सदस्य दोहोराएका हुन् ।
राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरेका हुन् ।
कार्कीले १८ हजार ७३१ मत ल्याएका छन्, भने पोखरेलले ६ हजार १०१ मत ल्याएका हुन् । भद्रपुर ७ निवासी पोखरेल झापा क्षेत्र ३ छाडेर गठबन्धनबाट क्षेत्र २ मा उठेका थिए ।