Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, ७ मंसिर २०७९ । झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार महामन्त्री शर्मा भारी मतान्तरले विजयी हुनु भएको हो । उहाँको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसले पहिलो खाता खोलेको छ । शर्माले एमालेको लालकिल्ला तोड्न समेत सफल भएको छ ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटि सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्नुभएको हो । शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको छ भने, खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको छ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पहिलो पटक काँग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रविन कोइरालासँग पराजित हुनु भएको थियो ।
२०७४ सालको निर्वाचनमा उहाँ माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया