झापा, ७ मंसिर २०७९ । झापा क्षेत्र नं. ५(१) मा प्रदेश सभा सदस्य नेकपा एमालेका उम्मेदवार हिक्मत कुमार कार्कीले ३९० मतान्तरले अघि बढिरहनु भएको छ । कार्कीले ५ हजार ७ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार जीवन कुमार राईले ५ हजार ३ सय २५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १३ हजार ५ सय ८ मतगणना गर्दा ६६६ मत बदर भएको छ ।
तपाईको प्रतिक्रिया