झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङ अग्र स्थानमा रहनु भएको छ । निर्वाचन अधिकृतको कार्यालय का अनुसार कूल १७ हजार ३ सय ८ मतगणना गर्दा तामाङको ७ हजार ८ सय ३५ र नेकपा एमालेका उम्मेदवार रविन कोइरालाले ६ हजार ७ सय ७१ मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर १ हजार ६४ रहेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह ढल्केको छाता भएकि मिरा कार्कीको ३०८, मौलिक जरोकिलो पार्टी किवोर्डसहितको कम्युटर चिन्ह भएकि सिता दुलालको ८०, लोकतान्त्रिक समाजवादी पार्टी साइकल चिन्हका गंगालाल राजवंशीको ३०२ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्ह भएका सागर राईले १०६८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बदर मत ९ सय ४४ रहेको जनाइएको छ ।