Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

झापा, ६ मंसिर २०७९ । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले थोरै मतले एमालेका उम्मेदवार लाल प्रसाद साँवा लिम्बुलाई पछि पार्नु भएको छ । ढकालले ६ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ भने, लिम्बुले ६ हजार २ सय २९ मत प्राप्त गर्नुभएको छ । दुईजना बिच ३ सय ५३ मत को मतान्तर रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका देउ कुमार थेवेले ४ हजार ४ सय ९५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालय अनुसार १९ हजा ६ सय ४४ मतगणना हुँदा १ हजार १ सय ७५ मत बदर भएको छ । झापा क्षेत्र नं.४ मा कूल १ लाख २३ हजार १ सय २४ मतदाता रहेकोमा ७९ हजार ३ सय ४९ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया