झापा, ५ मंसिर २०७९ । झापामा ६७ प्रतिशत मत खसेको छ । कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ मा ४ लाख ४६ हजार २ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको हो ।
क्षेत्र अनुसार प्रारम्भिक अनुमात खसेको मत विवरण यस्तो रहेको छ । जसअन्तर्गत क्षेत्र नं. १ मा १ लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ८७ हजार ३ सय ९६ अर्थात ७२ प्रतिशत मत खसेको छ । यस्तै क्षेत्र नं. २ मा १ लाख ३४ हजार ९१ मतदाता रहेकोमा ८७ हजार ७ सय २३ अर्थात ६५ प्रतिशत, क्षेत्र नं. ३ मा १ लाख ३१ हजार ४ सय ३२ मतदाता रहेकोमा ८९ हजार ६ सय ३७ अर्थात ६८ प्रतिशत, क्षेत्र नं. ४ मा १ लाख २३ हजार १ सय २४ जना मतदाता रहेकोमा ७९ हजार ३ सय ४९अर्थात ६४ प्रतिशत र क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेकोमा १ लाख २ हजार १ सय ५० अर्थात ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।