Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

परासी, ३ मंसिर २०७९ । पश्चिम नवलपरासीका एक मतदान अधिकृत मदिरा सेवन गरी अचेत अवस्थामा भेटिएपछि बर्खात भएका छन् ।

मतदान अधिकृतको रुपमा बर्दघाट नगरपालिका-१३ स्थित दुर्गा माध्यमिक विद्यालयमा खटिएका सहायक वन अधिकृत श्यामणी प्रसाद मण्डल शनिबार मादक पदार्थ सेवन गरेर अचेत अवस्थामा भेटिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेकोे प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले बताए ।

निर्वाचनमा अवरोध आउने कार्य गरेको भन्दै मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मण्डल बर्खास्तमा परेपछि उक्त स्थानमा नयाँ मतदान अधिकृत खटाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । शुक्रबार पनि पश्चिम नवलपरासीमा नै मादप पदार्थ सेवन गरेर होहल्ला गर्ने एक जना मतदान अधिकृत बर्खास्तीमा परेका थिए ।

 

तपाईको प्रतिक्रिया