Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

जनकपुर, ३० कार्तिक २०७९ । नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङ्सिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी सो सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो । अगामी मङ्सिर ५ गतेदेखि पुनः नियमित रेल सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।

सुरक्षित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मधेश प्रदेशका जिल्लासँग जोडिएको भारतीय सीमा नाका बिहीबारबाट तीन दिन अर्थात् मतदानको ७२ घण्टा अघिदेखि बन्द हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया