Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

झापा, ३० कार्तिक २०७९ । मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सेवाहरू ५ दिन बन्द हुने भएको छ । प्रशासन कार्यालयले बुधवार(आज) सेवा प्रवाह अवरुद्ध हुने सम्बन्धि सूचना जारी गर्दै मंसीर १ देखि ५ गते सम्म कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द हुने जानकारी गराएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन कार्य सम्पन्न गर्नका लागि यस कार्यालयका कर्मचारीहरु मतदान कार्यमा खटिएकोले कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था, नाबालक परिचयपत्र वा सिफारिस सम्बन्धी सेवाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको सूचनामा उल्लेख रहेको छ ।

 

तपाईको प्रतिक्रिया